आयुर्वेद चिकित्सालय तीन महिनादेखि औषधि अभाव
बुटवल : लुम्बिनी आयुर्वेद चिकित्सालयमा तीन महिनादेखि औषधि अभाव छ। स्थानीय र प्रदेश सरकारमध्ये कहाँबाट आउने भन्ने अस्पष्टताले अस्पतालमा औषधि अभाव भएको हो ।
शुरुमा स्थानीय तहमार्फत आउने भनिएपनि पछिल्लो समय प्रदेश सरकारबाट औषधि आउने भनिएको छ। तर समय निश्चित छैन।
निःशुल्क उपचार र औषधिसमेत पाइने भन्दै दैनिक सरदर ७० जना बिरामी आउँछन्। तीन महिनासम्म औषधि अभाव हुँदा बिरामीहरू यहाँ जाँच गरेर निजी क्लिनिकमा किन्न बाध्य छन्।
चालू आर्थिक वर्षमा अस्पतालमा जम्मा तीन लाख रुपैयाँ बराबरको औषधि आएको थियो। तीन लाखको औषधिले बढीमा ५० दिनलाई काम चलाउन सकिने अस्पतालका चिकित्सकहरू बताउँछन्। २० लाख बराबरको औषधि भए एक वर्ष पुग्ने उनीहरूको भनाइ छ।
अस्पतालका प्रमुख आयुर्वेद चिकित्सक नलिननाथ तिवारी अस्पतालबाट २३ प्रकारका औषधि निस्शुल्क उपलब्ध गराउने भनिएको तर हाल एउटा पनि औषधि नरहेको बताउँछन्।
यसपटक बुटवल उपमहानगरपालिकाबाट जम्मा तीन लाख बराबरको औषधी खरिद भएको थियो। सो औषधि तीन महिना अगाडि नै सकिएको छ।
औषधि सकिएपछि पटकपटक उपमहानगरपालिका तथा प्रदेशको सामाजिक विकास मन्त्रालयमा औषधिका लागि अनुरोध गर्दा सुनुवाइ नभएको अस्पतालले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण