सुदूरपश्चिम प्रदेशमा ३०० नयाँ कुष्ठरोगी
धनगढी : कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढेको छ।
रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस्थामा यो रोग निवारण भएको मानिन्छ। तर सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र अछाम जिल्लामा यो मापदण्डभन्दा बढी सङ्ख्याका बिरामी फेला परेका छन्। यी तीन जिल्लामा गएको वर्ष गरिएको खोजीकाे क्रममा लुकेर रहेका कुष्ठरोगी फेला परेका हुन्।
नौ लाख एक हजार १७७ जनसङ्ख्या रहेको कैलालीमा १७४ जना, पाँच लाख आठ हजार १५० जनसङ्ख्या रहेको कञ्चनपुरमा ७४ जना र दुई लाख ७९ हजार ७५२ जनसङ्ख्या रहेको अछाममा २८ जना नयाँ रोगी फेला परेको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।
प्रदेशका सबै नौ जिल्लामा भने गएको वर्ष जम्मा २९८ जना नयाँ कुष्ठरोगी फेला परेकामा यीमध्ये कम सर्नेभन्दा बढी सर्ने कुष्ठरोगी १०३ जना रहेको जनाइएको छ।
आव ०७२\७३ मा कैलालीमा, आव ०७३\७४ मा कञ्चनपुर र अछाम जिल्लामा प्रतिदश हजारमा एकभन्दा कम कुष्ठरोगी फेला परेपछि यी जिल्लामा रोग निवारण भएको मानिएको थियो । तर आव २०७४\७५ मा भने प्रति १० हजार जनसङ्ख्यामा कैलालीमा एक दशमलब ७८, कञ्चनपुरमा एक दशमलब ४४ र अछाममा एक दशमलब १८, रोगी फेला पर्दा समग्र सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्या २८ लाख २५ हजार ६७६ को १.०५ प्रतिशत कुष्ठरोगी भेटिएको तथ्याङ्कमा उल्लेख छ।
‘खोजपड्ताल गरेपछि मात्र रोगी फेला पर्न थालेका छन्’, स्वास्थ्य सेवा निर्देशनालयका क्षय कुष्ठ सहायक मनोज ओझाले भने, ‘रोगको लक्षण देखापरेपछि आफैँ उपचारका लागि आउनुपर्नेमा नआउने वा आए पनि निकै ढिलो गरी आउने समस्याले रोग निवारणमा चुनौती बढेको छ।’
विसं २०६६ मा नेपाललाई कुष्ठरोग निवारण भएको देश घोषणा गरिएको थियो। निवारणको घोषणापछि हालसम्म पनि राष्ट्रियस्तरमा निवारणको अवस्था कायम छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’