३७ विद्यार्थी एकैपटक बिरामी
रुकुम (पूर्व) : पुथा उत्तरगङ्गा गाउँपालिकास्थित एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन्। गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन्।
आइतबार बिहान विद्यालयमा प्रार्थना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताए। बिहीबार पनि एक\दुईजनामा यस्तो समस्या देखिएको उनले जानकारी दिए।
दुर्गम ठाउँमा रहेको विद्यालय नजिक स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ। उपचारका लागि हुकामबाट स्वास्थ्यकर्मीको टोली जाँदै गरेको वडाध्यक्ष सेनले बताए।
सो विद्यालयमा २७९ विद्यार्थी अध्ययनरत छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’