भक्तपुर नगरपालिकाले थाल्याे २५ शय्याको ख्वप अस्पताल निर्माण
भक्तपुर : भक्तपुर नगरपालिकाले २५ शय्याको ख्वप अस्पताल निर्माण शुरु गरेको छ। भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रको उत्तरतर्फ रहेको १० रोपनी १२ आना जग्गामा अस्पताल निर्माण गरिन लागिएको हो।
अस्पतालमा आकस्मिक सेवा, एक्सरे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, एमआरआइ, प्याथोलोजी प्रयोगशाला, प्रसूति सेवा, शल्यक्रिया र सघन उपचार विभाग रहने नगरपालिकाले जनाएको छ। त्यसैगरी अस्पताल भवनको जमिनमुनीको तलामा पार्किङका साथै शवगृह लगायतको सुविधा हुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।
अस्पताल भवन निर्माणका लागि नगरपालिकाले याे वर्ष १४ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए। नगरप्रमुख प्रजापतिले अस्पताल निर्माणमा नेपाल सरकार र कुनै विदेशी दातृ निकायको सहयोग नरहेको दाबी गरे।
नवनिर्मित ख्वप अस्पतालको भवन ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ।
भक्तपुर नगरपालिकाले हाल च्याम्हसिंहस्थित जनस्वास्थ्य केन्द्र मार्फत इमर्जेन्सी सेवासहितस्वास्थ्य सेवा दिँदै आइरहेको छ। साथै आँखा अस्पताल आर्युवेदिक उपचार केन्द्रमार्फत सस्तो र सुलभ रूपमा विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण