Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पताल अब विशिष्ट विशेषज्ञ अस्पताल

भरतपुर अस्पताल अब विशिष्ट विशेषज्ञ अस्पताल

चितवन : भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रूपमा स्तरोन्नति भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराएका हुन्। मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पताल नामकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी पत्रमा उल्लेख छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेलले अस्पतालको स्तरोन्नति भएको पत्र प्राप्त भएको जानकारी दिए। अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ। हाल अस्पतालमा सरकारले १५० शय्या सुविधा उपलब्ध गराएको छ। ४५० शय्या विकास समितिमार्फत सञ्चालन गरिएको छ। अब केन्द्रीय सरकारबाटै ५०० शय्या सेवासुविधा प्राप्त हुने पौडेलले बताए।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी उपचारका लागि आउँछन्। अस्पतालमा १३ विभागमार्फत बिरामीको उपचार गरिँदै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार