समयमै सुतेर सबेरै उठ्दा क्यान्सरको जोखिम कम!

रातभर काम गर्नु तथा बिहान अबेरसम्म सुत्नुभन्दा समयमै सुतेर सबेरै उठ्दा क्यान्सरको जोखिम कम हुन्छ। यो बेलायतमा गरिएको वृहत् अध्ययनले देखाएको हो।
बिहान सबेरै उठ्ने महिलामा स्तन क्यान्सरको जोखिम रातभर जागै बसेर काम गर्ने वा अबेरसम्म सुत्नेहरूको तुलनामा धेरै कम देखिएको हाे।
अध्ययनकर्ताहरूका अनुसार बिहान सबेरै उठ्नेमा क्यान्सरको जोखिम ४० प्रतिशतले कम देखिएकाे थियो। सुत्ने समय र स्तन क्यान्सरको जोखिमका सम्बन्धमा केन्द्रित उक्त अध्ययन चार लाखभन्दा बढी महिलामा गरिएको थियो।
याे अनुसन्धानमा आवश्यकताभन्दा बढी सुत्दा पनि क्यान्सरको जोखिम बढ्ने देखिएको छ। दिनमा सात वा आठ घण्टा सुत्दा स्वास्थ्यका लागि पर्याप्त हुने अनुसन्धानकर्ताहरूकाे भनाइ छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा