साढे तीन हजार विद्यार्थीको स्वास्थ्य परीक्षण
म्याग्दी : धौलागिरी गाउँपालिकाका साढे तीन हजार विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ। २८ विद्यालयका तीन हजार ७२२ जनामध्ये तीन हजार ४४६ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले जानकारी दिए।
गाउँपालिकाको स्वास्थ्य शाखा र गुड नेवर्स इन्टरनेसनल नेपालको साझेदारीमा कदम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको हो। विद्यार्थीहरूको स्वास्थ्य समस्या पहिचान, थप उपचारको व्यवस्था र स्वास्थ्य तथा सरसफाइप्रति सचेत बनाउने उद्देश्यले स्वाथ्य परीक्षण गरिएकाे उपाध्यक्ष छन्त्यालले बताए। स्वास्थ्य परीक्षणका क्रममा विद्यार्थीहरूमा दाँत र आँखाको समस्या बढी पाइएको छ।
गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मराङका १९ वटा सामुदायिक विद्यालयमा सामुदायिक विकास परियोजना लागू भएको छ। वर्षको दुई पटक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण