सरकारी चिकित्सकहरूद्वारा आन्दोलनका कार्यक्रम घोषणा, सामूहिक राजीनामा दिने चेतावनी
काठमाडाैं : कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा सरकारी चिकित्सक संघ नेपालले पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरुसँग गरेको सम्झाैताविपरीत कार्य गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकाे हाे। सरकारले यसअघि सरकारी चिकित्सक संघसँग सबै चिकित्सकलाई संघीय सरकारमा राखी प्रदेश र स्थानीय तहमा परिचालन गर्ने सम्झौता गरेको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए । उनले भने, ‘सरकारको यो गैरकानुनी समायोजन मान्य छैन। बरु सामूहिक राजीनामा दिन्छौँ।’
चरणबद्ध आन्दोलन घोषणा गरेका उनीहरूले सोमबार ८औं देखि ११औँ तहसम्मका चिकित्सकको राजिनामा हस्ताक्षर संकलन गर्ने, मंगलबार माइतीघर मण्डलामा रक्तदान कार्यक्रम गरी सबैलाई जानकारी दिने,बुधबार देशैभरका सरकारी चिकित्सक बिदामा बस्ने,बिहिबार देशभरका चिकित्सक राजिनामा हस्ताक्षरसहित काठमाडौं आउने र शुक्रबार आकस्मिक बाहेकका सबै सेवा दिन बहिष्कार गर्दै आन्दोलनमा होमिने कार्यक्रम अघि सारेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’