‘समायोजनले स्वास्थ्य क्षेत्रका कर्मचारीकाे मनाेबल घट्याे’
काठमाडौं : स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालले कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीमाथि विभेद भएको भन्दै प्रावधान सच्याउन माग गरेको छ।
संघले शुक्रबार विज्ञप्ति निकालेर समायोजन गर्दा कर्मचारीहरूको मनोबल उच्च हुने गरी तथा बढुवा, वृत्ति विकास, पदस्थापना र सम्भावित अवसरहरूमा समानता र एकरूपता कायम हुनेगरी गर्न माग गरेको हो।
‘कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम स्वास्थ्य सेवाका कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन हुँदा समान रूपमा समायोजन नहुने देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ प्रशासन सेवाका कर्मचारी संघीय निजामती सेवामा रहेर प्रदेशमा र स्थानीय तहमा काम गर्न खटिने तर स्वास्थ्य सेवाका कर्मचारी प्रदेश र स्थानीय तहमै समायोजन भएर काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’ यसले निजामती सेवामा विभेद भएको महसुस गरिएको संघका अध्यक्ष बद्रीबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
नेपालको संविधानको धारा १८ को उपधारा (१) बमोजिम समान हुनेगरी, एकै सेवाभित्रका विभिन्न समूहहरूबीच असमानता र विभेद नहुनेगरी निजामती सेवाका प्रशासनलगायत अन्य सरकारी सेवा समूहका अधिकृत स्तरका कर्मचारीलाई भएजस्तै व्यवस्था गर्न संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गरेको छ।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’