बलिउड अभिनेत्री सबाना आजमीलाई स्वाइन फ्लु
काठमाडाैं : बलिउड अभिनेत्री सबाना आजमीलाई स्वाइन फ्लु भएकाे छ। रुघाखोकीले सताएपछि नियमित उपचार गरिरहेकी उनलाई उपचारकै क्रममा डाक्टरले स्वाइन फ्लु भएको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उनलाई मुम्बईको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। ‘मुस्किलले मानिसहरूले आत्मनिरीक्षण गर्ने मौका पाउँछन्। त्यसैले मैले यसलाई ब्रेकका रूपमा लिएको छु’, अस्पताल भर्ना भएपछि उनले भनेकी छिन्, ‘म अस्पतालमा भर्ती भएको छु। मेरो स्वास्थ्यमा तेजसँग सुधार हुनेछ।’
१२० भन्दा बढी हिन्दी तथा बंगाली फिल्म खेलेकी सबाना चर्चित भारतीय शायर कैफी आजमीकी छोरी हुन्। उनका पति जावेद अख्तर पनि प्रसिद्ध गीतकार हुन्।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?