बेलायतका किशाेरकिशाेरीमा बढ्दाे मानसिक समस्या
बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरू मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ ।
अक्सफोर्ट विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सात प्रतिशतको दरले किशोर किशोरीहरूमा मानसिक तनाव र आमहत्याको खतरा बढेको तथ्याङ्क देखाएका हुन् ।
अध्ययनका अनुसार मानसिक तनावमा पर्ने किशोरकिशोरीहरूको संख्या अमेरिकामा झण्डै चार लाख छ भने क्यानडामा २५ हजार छ ।
यो अध्ययन प्रतिवेदन तयार पर्दा अनुसन्धानकर्ताहरूले झण्डै १५ वर्षदेखिको ११ वटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनको समेत विश्लेषण गरेको जनाएका छन् ।
अध्ययनका क्रममा २३ हजार ३१७ जनालाई सहभागी गराएको पनि प्रतिवेदनमा उल्लेख छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै