जिल्ला अस्पतालमा चिकित्सक पठाउन सांसदकाे माग
काठमाडाैं : राष्ट्रियसभाका सांसदले रुकुम पश्चिम जिल्ला अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक तत्काल पठाउन माग गरेका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद ठकेन्द्रप्रकाश पुरीले चिकित्सकको दरबन्दी भए पनि एक चिकित्सकको भरमा चलेको बताएका हुन्। अस्पताल प्रदेश सरकारले सञ्चालन गरे पनि सङ्घमार्फत त्यहाँ चिकित्सक पठाउन उनले माग गरे।
२०४५ मा स्थापना भएको सो अस्पताल शुरुमा १५ शय्याको थियो। हाल ३७ शय्याको सो अस्पतालमा दैनिक ३०० बिरामीले स्वास्थ्यसेवा लिन्छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल