भारतबाट उद्धार गरिएका चेलीकाे डीएनए परीक्षण गरी लगाइयाे परिवारकाे जिम्मा
काठमाडौं : भारतको आगराबाट उद्धार गरिएका पाँच नेपाली चेलीकाे डीएनए परीक्षणमार्फत परिवार पहिचान गरी जिम्मा लगाइएको छ।
कोठीमा १७ महिनाको नारकीय जीवन र १२ महिना भारत सरकारको संरक्षणमा रहेका उनीहरूमध्ये तीनजनालाई डीएनए परीक्षणमार्फत परिवार पहिचान गरी जिम्मा लगाएको माइती नेपालकी ट्रस्टी सिता अधिकारीले जानकारी दिइन्। दलालले नक्कली आफन्त बनी चेलीहरूलाई उद्धार गर्ने र पुनः बेच्ने गरेको पाइएपछि डीएनए परीक्षणमार्फत परिवार पहिचान गर्नुपरेकाे उनले बताइन्।
भारतको उत्तर प्रदेशस्थिच आग्राको कोठीमा बेचिएका पाँच चेलीलाई बालकृष्ण पाण्डे र माइती इण्डियाको पहलमा उद्धार गरिएको थियाे। समाजसेवी पाण्डेको पहलमा उद्धार गरिएका चेलीहरूलाई भारतको विशेष अदालत र जिल्ला अदालतको निर्देशन बमोजिम नेपाल ल्याइएको हाे।
चेलीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा अपराध अनुसन्धान विभाग केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले सात दिनभित्रै चेलीहरूको डीएनए रिपोर्ट तयार पारेको थियो। मंगलबार चेलीहरू परिवारकाे जिम्मा लगाइएकाे हाे।
नेपालमा भारतबाट उद्धार गरी ल्याइएका चेलीहरूलाई डीएनए परीक्षण गरी हस्तान्तरण गरिएको यो प्रथम पटक भएको ट्रस्टी अधिकारीले जानकारी दिइन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त