नपिउनुस् प्याकेटमा बन्द जुस, यसाे भन्छ रिपाेर्ट
प्याकेट वा बट्टामा बन्द गरिएका विभिन्न फलफूलको भनिएका जुस हानिकारक हुने एक अध्ययनले देखाएको छ। वयस्ककै लागि खतरा ती जुस बालबालिकाका लागि त झनै हानिकारक हुने बताइएको छ।
अमेरिकास्थित कन्ज्युमर रिपोर्ट्सले जारी गरेको अध्ययनअनुसार, ४५ ब्रान्डका जुस परीक्षण गर्दा क्याडमियम, आर्सेनिक, मर्करी र लेडको मात्रा पाइएको हो। तीमध्ये आधी उत्पादनमा धातुको मात्रा चिन्ताजनक थियो भने सातवटा उत्पादनमा धेरै धातु भएकाले यो जुस बालबालिकाले आधा कप मात्र पिउँदा पनि स्वास्थ्यमा हानि पुग्छ।
‘हामीले गरेको परीक्षणमा जुसमा खतरनाक तत्त्व भेटिएको हो’, कन्ज्युमर रिपोर्ट प्रमुख वैज्ञानिक अधिकारी जेम्स डिकरसनले भने, ‘वयस्क र बालबालिकालाई हामी के सुझाव दिन्छौँ भने प्याकेटको जुस छोडेर ताजा फलको जुस पिउन थाल्नुहोस्।’
अर्ग्यानिक जुस वा बच्चाका लागि बनाइएको भनिएको जुस पनि सुरक्षित नभएको अध्ययनले देखाएको छ। रिपोर्टअनुसार, अंगुरको जुस र मिक्स जुसमा भारी धातुको मात्रा अत्यधिक छ ।
त्यधिक चिनी हुन्छ र ताजा फलमा पाइने लाभदायक फाइबर पनि नहुने कारण केही वर्षयता अमेरिकामा प्याकेटमा बन्द जुस सेवन घटेको बताइन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य