गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बृहत् स्वास्थ्य शिविर
सप्तरी : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको र नेपाली सेनाको आयोजनामा राजविराजमा साताव्यापी बृहत् स्वास्थ्य शिविर शुरु भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बुधबार शिविर उद्घाटन गरेका हुन्।
उपप्रधानमन्त्री यादवले सप्तरीमा पनि सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको र मन्त्रिपरिषदबाट ऐनको मस्यौदा पारित भई काम अगाडि बढेको जानकारी दिए।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा, स्वास्थ्य, गरीबी र बेरोजगारी हटाउन लगानी गर्ने प्रतिबद्धता जनाए। फागुन ७ गतेसम्म सञ्चालन हुने भने पनि बिरामीको चाप बढे शिविरको समयावधि थप गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.चुमनलाल दासले बताए।
शिविरमा छाती, मुटु, हाडजोर्नी, दाँत, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञले उपचार गरिरहेका छन्। १२६ विशेषज्ञ चिकित्सकसहितको टोलीले एकै स्थानमा थुप्रै रोगको उपचार गर्न थालेपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी तथा छिमेकी मुलुक भारतको विहारबाट समेत बिरामी सेवा लिन आएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण