उपहार दिन मात्र हाेइन, खान पनि मिल्छ गुलाबकाे फूल, तर कसरी?
स्वास्थ्य रक्षा गर्न यसरी गराैँ प्रयाेग

भ्यालेन्टाइन डेमा प्रेमी–प्रेमिकाले एकअर्कालाई गुलाबको फूल दिएर प्रेम दर्शाउँछन्। अरुवेला पनि प्रमे प्रकट गर्न वा सद्भाव दर्शाउन गुलाबको फूल उपहार दिने चलन छ।
हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ गुलाबको फूल पनि फुल (अण्डा) जस्तै खान सकिन्छ। सौन्दर्य हेरेर रमाएपछि त्यही फूल खान पनि सकिन्छ भन्ने कसलाई विश्वास लाग्छ र!
पोहोर साल १४ फेब्रुअरीका लागि भनेर भारतबाट ल्याइएका करोडौँको गुलाबको फूल केही दिनमा सुकेपछि बाहिर फालियो। अर्थात् खेर फालियो। यो वर्ष पनि भारतबाट मात्रै डेढ करोडको फूल आयात भएको बताइएको छ।
अब यसको महत्त्वबारे जानौँ। रङ्गीचङ्गी गुलाबमा ९५ प्रतिशत जलांश हुन्छ। कब्जियतको समस्या हल गर्न गुलाबले केही मद्दत गर्न सक्छ। यसमा थोरै मात्रामा भिटामिन ‘सी’ हुन्छ, केही रेसादार पदार्थ पनि हुन्छ। गुलाबको फूलमा सूक्ष्म पोषक तत्त्व कम हुन्छ। तर यो खाँदा सौन्दर्य बढ्छ ।
फूलको पातबाट गुलकन्द, सर्वत बनाइन्छ। गुलाबजल बनाएर सुगन्धका लागि प्रयोग गरिन्छ। गुलाबको फूलको पत्र फलफूल र दहीको सलाद बनाउँदा माथिबाट छर्दा आकर्ष देखिन्छ।
बजारबाट किनेकाे गुलाब अस्वस्थकर हुनसक्छ। किनभने यसलाई लामो समयसम्म ताजा राख्न विभिन्न किसिमका रसायन मिसाइएकाे हुनसक्छ। त्यसैले यसकाे प्रयाेग नगरेकै बेस। आफैँले करेसाबारी वा बगैँचामा कुनै बाहिरी औषधि नमिसाई हुर्काइएको गुलाबको फूल भने मजासँग प्रयोग गर्न सकिन्छ।
बगैँचामा फुलेको फूल भगवानलाई चढाएपछि ‘प्रसाद’ बन्छ। त्यो प्रसाद सुकेपछि गुलाबको पत्ता पानीमा उमालेर वा तातो पानीमा हालेर केही छिन् राखेपछि मिठो बास्ना आउँछ। त्यसलाई मजासँग पिउन सकिन्छ, चियाजस्तै। नेपालको तराईतिर बजारबाट किनेको गुलाफजलको सर्वत पाहुनालाई दिने चलन छ। त्यसको सट्टा बारीको गुलाबको फूल पिसेर सुप र गुड (सख्खर) मिलाएर खुवाए बढी स्वस्थकर हुन्थ्यो। पैसा पनि बच्थ्यो ।
गुलाबको अत्तर महङ्गो हुन्छ र हामी धेरै जनाको ‘अर्थ’ अवस्थाले किन्न पनि सकिँदैन होला। गुलाबजलको प्रयोग छालाको सौन्दर्य बढाउन प्राय: हामी सबैले प्रयोग गर्छौँ। साबुनको विज्ञापनमा गुलाबको फूलमा नुहाएर निस्केकी अभिनेतृ देखाएर त्यस्तै साबुन किन्नुपर्छ भनी लोभ्याइन्छ। मेरा केही साथीले गुलाब पिसेर त्यसमा दही र बेसन मिसाएर लगाउँछन्। गुलाबको पात अनेकथरीका साबुन बनाउन प्रयोग गरिन्छ।
त्यसैले गुलाबकाे महत्त्व बुझाैँ। उपहार दिनमात्रै होइन, प्रयोग गरेर लाभ लिन पनि सिकौँ।
डा. उप्रेतीकाे ‘फेसबुक स्ट्याटस’काे सम्पादित अंश
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights