पदाधिकारी नियुक्तिको माग गर्दै न्याम्सका कर्मचारी आन्दोलित
काठमाडौं: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारी तत्काल नियुक्तिको माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्।
पदाधिकारीको नियुक्ति टुंगो नलाग्दा न्याम्स सहित वीर र ट्रमा सेन्टरको काम कारवाही प्रभावित भएको भन्दै कर्मचारी युनियनले बुधबारदेखि एक घण्टा धर्नाको कार्यक्रम समेत सुरु गरेकाछन्। युनियनका सचिव दीपक मुडभरीले न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराउन आजबाट अनिश्चित कालिन एक घण्टे धर्ना शुरु गरेको बताए ।
न्याम्स १९० दिनदेखि पदाधिकारीविहीन छ । पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५० प्रतिशत पदाधिकारी नियुक्ति हुनुपर्ने माग समेत युनियनले अघि सारेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण