रक्त क्यान्सरका बिरामीका लागि छुट्टै वार्ड
चितवन : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएको छ।
रक्त क्यान्सरका बिरामीलाई अन्य बिरामीसँग एउटै वार्डमा राखेर उपचार गर्नुपर्दा सङ्क्रमणको बढी जोखिम हुने भएकाले छुट्टै वार्डको व्यवस्था गरेको अस्पतालले जनाएको छ। अस्पतालले माघ १५ गतेदेखि रक्त क्यान्सरका बिरामीलाई छुट्टाछुट्टै कोठासहितको २७ शय्याको क्याबिन र जनरलसहितको श्यया सञ्चालनमा ल्याएको छ।
यसअघि अस्पतालमा बिरामीको अत्याधिक चापका कारण बेड नपुगेर केमोथेरापी गर्नुपर्ने क्यान्सर रोगीलाई अन्य अस्पतालमा पठाउने गरिएको थियो। क्यान्सरका बिरामीको प्रभावकारी उपचार गर्न अस्पतालको बेड क्षमतालाई विस्तार गरी सेवा प्रदान गर्न शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आर्चायले जानकारी दिए।
रक्त क्यान्सरका बिरामीलाई नियमित केमो दिनुपर्ने, लामो समयसम्म उपचार गर्नुपर्ने र सुरक्षित ढङ्गबाट उपचार गर्नुपर्ने भएकाले छुट्टै वार्ड सञ्चालनमा ल्याइएको उनले बताए।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित