गर्भवती र सुत्केरीलाई बचाउन गण्डकी प्रदेशमा ‘एयर लिफ्टिङ’
पोखरा : गण्डकी प्रदेश सरकारले गर्भवती र सुत्केरी महिलाको ज्यानै जोखिममा परेको खण्डमा ‘एयर लिफ्टिङ’ गरेर सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पुर्याउने भएको छ।
मंगलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ज्यान जोखिममा परेका महिलालाई अस्पतालसम्म पुर्याउने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो।
गर्भवती र सुत्केरी महिलाको ज्यान बचाउनेसम्बन्धीको कार्यविधिसमेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए।
‘गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनका लागि सुविधासम्पन्न अस्पतालमा एयरलिफ्ट गर्ने, कार्यविधि’ अनुसारसम्बन्धी स्वास्थ्य संस्थामा गएका गर्भवती र सुत्केरी महिलालाई थप उपचारका लागि अन्यत्रै पठाउने गरेमा सम्बन्धित स्वास्थ्य संस्थाले प्रदेशस्तरमा गठित सिफारिस समितिलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो