संस्कृत विश्वविद्यालयका विद्यार्थीले उत्पादन गरे च्यवनप्राश
काठमाडाैं : नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत जनता विद्यापीठले च्यवनप्राश उत्पादन शुरु गरेको छ।
दाङ विजौरीस्थित विद्यापीठका आयुर्वेद उत्तरमध्यमा दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले डेढ महिना लगाएर च्यवनप्राश निर्माण गरेका हुन्। विद्यापीठ प्रांगणमा मंगलबार कार्यक्रम गरी च्यवनप्राश बनाएकाे जानकारी दिइयाे। विद्यापीठका प्राचार्य माधव अधिकारीले शुद्ध प्राकृतिक वस्तुहरूबाट निर्माण गरिएको च्यवनप्राशले रोग प्रतिरोधक क्षमता बढाउने दाबी गरे।
५४ प्रकारका जडिबुटीबाट तयार गरिएको भनिएको च्यवनप्राशमा चाँदी वर्क र मकरध्वजका रसायन पनि मिश्रण गरिएको छ। प्रा.डा. सुनिल कुमार र विद्यार्थीको प्रयासमा१८० केजी च्यवनप्राश उत्पादन गरिएको कार्यक्रममा जानकारी दिइयो। स्पेशल च्यवनप्राश नाम दिइएको च्यवनप्राश उत्पादनमा ९० हजार रुपैयाँ लागेको जनाइएको छ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आयुर्वेदको सम्भावना रहेको यस क्षेत्रबाट जडिबुटी विदेशिनबाट रोक्ने प्रतिबद्धता जनाए। यहीँ औषधि उत्पादनलाई प्रोत्साहन गर्ने उनले बताए।
विद्यापीठमा आयुर्वेद उत्तरमध्यमा तहकाे पढाइ हुने गरेको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो