नेपालमा थाेरैले मात्र प्रयाेग गर्छन् कण्डम
काठमाडौं : यौन सम्पर्कका लागि सबैभन्दा सुरक्षित मानिएको कण्डम नेपालमा न्यूनरूपमा प्रयोग हुने गरेको पाइएको छ।
अन्तर्राष्ट्रिय कण्डम दिवसबारे जानकारी दिन राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सोमबार गरेको पत्रकार सम्मेलनमा नेपालमा आठ प्रतिशत पुरुषले मात्र प्रयोग गर्ने गरेको जानकारी दिइएको हो।
केन्द्रको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार २० एचआइभी संक्रमण भएका मानिस छन्। तीमध्ये पुरुष १९ हजार २० र महिला १२ हजार छन्। नेपालमा ७७ प्रतिशत एचआईभी संक्रमण कण्डमबिना गरिएको यौनसम्पर्कबाट सर्ने गरेको छ। नेपालमा कण्डमलगायत परिवार नियोजनको साधन प्रयोग गर्ने ४३ प्रतिशत छन्।
फेब्रुअरी १३ मा विश्वभरि नै सही तरिकाले कण्डमको प्रयोग गरी सुरक्षित यौन सम्पर्कबारे जनचेतना फैलाउनका लागि कण्डम दिवस मनाइन्छ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !