सरकारी चिकित्सकमाथि प्रहरीको दमन विरुद्धमा विरोध कार्यक्रम
काठमाडौंः कर्मचारी समायोजनको विषयलाई लिएर स्वास्थ्य मन्त्रालयमा धर्नामा रहेका सरकारी चिकित्सकमाथि प्रहरीको दमन विरुद्धमा चिकित्सकहरुले विरोध गर्ने भएका छन्।
सरकारी चिकित्सक संघ नेपालको अगुवाईमा सोमबार बिहान १० बजे बीर अस्पताल परिसरमा जम्मा भई स्वास्थ्य मन्त्रालयमा र्याली जाने कार्यक्रम भएको संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए । उनले भने,चिकित्सकमाथि भएको यो दमनको हामी भत्र्सना गर्दर्छौ र यस अघि सरकारले हामीसँग गरेका सम्झौता पालना गर्नुको सरकारसँग विकल्प छैन।
आइतबार यस अघि सरकारले गरेका सम्झौता पालना गर्न दबाब दिन धर्नामा बसेका बेला प्रहरीले लाठी चार्ज गर्दै पक्राउ गरेको थियो ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै