प्रतिनिधिसभा बैठकमा सांसदले भने, सुर्ती र गुट्खा निषेध गराैँ
काठमाडौं : नेकपाका सांसद महेश बस्नेतले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने सुर्ती र गुट्खा निषेध गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा सांसद बस्नेतले बाग्मती, हनुमन्ते, मनोहरा लगायतका नदी सफाइका सयौँ हप्ता पुग्दासम्म पनि प्लास्टिकका खोल, गुट्खा र सुर्ती खोल नरित्तिएको बताए। मानव स्वास्थ्यलाई ख्याल गर्दै सुर्ती र गुट्खा निषेध गर्नुपर्ने उनको भनाइ छ।
उनले चाउचाउ लगायतका प्लास्टिकजन्य पदार्थले वातावरण प्रदूषण बढाएकाे भन्दै यसमा अतिरिक्त मूल्य लगाउनुपर्ने बताए। सांसद बस्नेतले १५ रुपैयाँ भए १६ रुपैयाँ मूल्य बनाउनुपर्ने र एक रुपैयाँ खोल फिर्ता गरेपछि दिनुपर्ने व्यवस्था लागु गर्न माग गरे।
उनले प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध लगाए सडक र खोला नदी सफा हुने बताए।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो