रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग
सङ्खुवासभा : सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न रकम सहयोग गरेको छ ।
एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको २९ हजार ५८५ रूपैयाँ जिल्लामा रक्तसञ्चार केन्द्रका लागि सहयोग गरेको हो। रक्तसञ्चार दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रकी अध्यक्ष राधा बस्नेतले उक्त रकम रेडक्रस सभापति सरोज बज्राचार्यलाई हस्तान्तरण गरिन्।
उनले एकादशी बजारमा जनचेतना जगाउँदै चिया बेचेर रकम सङ्कलन गरिएको बताइन्। रेडक्रसले रक्तसञ्चार दिवसका अवसरमा १५० भन्दा बढीको ‘ब्लड ग्रुपिङ’ गरेको थियो ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त