पूर्णखोपयुक्त जिल्लामा भेटियाे दादुरा
मकवानपुर : दुई वर्षअघि पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको मकवानपुरमा दादुराको प्रकोप देखिएको छ। जिल्लाको विकट कैलाश गाउँपालिका–८ धुसाराङका पाँचजनामा दादुरा देखिएको हो।
मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका बिरामीहरूमा दादुराको संक्रमण भेटिएको हो। ६ जनाको रगत परीक्षण गर्दा पाँच जनामा दादुरा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिंहले बताए। दादुराको संक्रमण पाइएपछि कैलाश गाउँपालिका, जनस्वास्थ्य कार्यालय तथा विश्व स्वास्थ्य संगठनको हेटौंडास्थित कार्यालयले अनुसन्धान गरिरहेको छ।
गर्भवतीसहित अन्य चारजनामा दादुरा देखिएकाे हाे। गर्भवतीलाई उपचारका लागि भरतपुर पठाइएको छ। संक्रमणमा परेका अन्य चारदेखि आठ वर्षका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’