चिकित्सककाे छाेरी अपहरण गर्ने पक्राउ
काठमाडौं : थापाथलीस्थित प्रसूति गृहकी चिकित्सक डा. बबिता शाहकी छोरी दुई वर्षीया सन्दिज्ञालाई अपहरण गर्ने मुख्य आरोपित पक्राउ परेका छन्। उनी जनकपुरका मनिषकुमार गुप्ता हुन्।
आपसी लेददेनका विषयमा ११ माघमा बालिकाको अपहरण भएको थियो। पछि माग गरिएको रकम एक लाख ५० हजार रुपैयाँ र बालिकालाई तिलगंगास्थित होटलमा छाडेर मनिष भागेका थिए।
सोमबार महाेत्तरीमा पक्राउ परेका गुप्तालाई प्रहरीले काठमाडौं ल्याइसकेको छ। जनकपुर प्रहरीले यसअघि गुप्ताकी श्रीमती अर्चनासहित बाबु श्रेष्ठलाई पक्राउ गरेको थियो। संलग्नता नदेखिएपछि श्रेष्ठलाई छाडिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण