क्यान्सर विजेताकाे अनुभव साटासाट
काठमाडौं: विश्व क्यान्सर दिवसको अवसरमा नेसनल क्यान्सर हस्पिटल जावलाखेल तथा क्यान्सर केयर नेपालले जनचतेना एवंअन्तरक्रिया गरेको छ।
कार्यक्रममा क्यान्सर विजेताहरूले क्यान्सर लाग्दाको आफ्ना अनुभव साटासाट गरेका थिए। समयमै उपचार गरेमा क्यान्सर निको हुन्छ भन्ने उदाहरण आफू भएकाे भन्दै उनीहरूले यसबारे खुलेर कुरा गर्नुपर्ने बताए । उनीहरूले क्यान्सरबाट निको भएपछि आफू जस्तै बिरामीकाे मनाेबल बढाउने र जनचेतना बढाउने काम गर्दै आएका छन्।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईँले समयमै पत्ता लगाउनसके यो रोग निको हुने भए पनि धेरै बिरामी ढिला आउने गरेको बताइन्। ‘क्यान्सर हुनेबित्तिकै मरिन्छ भन्ने होइन, यसको उपचार सम्भव छ’, उनले भनिन्, ‘त्यसैले पनि समयमै उपचारमा जानुपर्छ। अझ रोगै लाग्न नदिनेतर्फ सोच्नुपर्छ।’
पछिल्लो समयको बदलिँदो जीवनशैली, खानपान, धूमपान, धुलो धुवाँ, मद्यपानले पनि रोगीको संख्या बढ्दै गएको क्यान्सर रोगविशेषज्ञ डा. मदन पियाले बताए।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’