सुत्केरीले पाएनन् भत्ता
लम्की : टीकापुर अस्पतालमा सुत्केरी भएका ५६६ जनाले सुत्केरी भत्ता पाउन सकेका छैनन्। अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरू सुत्केरी भत्ताबाट वञ्चित भएका हुन्।
अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि सुत्केरी भत्ता उपलब्ध गराउन सकेको छैन। अस्पतालले सुत्केरीलाई यातायात खर्चवापत एक हजार र नियमित गर्भजाँच गरेवापत ८०० रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहनस्वरुप तथा र मातृ मृत्युदर घटाउन २०६५ सालदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको हो ।
अस्पतालमा साउनदेखि माघ २० गतेसम्म एक हजार १३७ जना सुत्केरी भएका छन् । पाँच सय ७१ सुत्केरीलाई टीकापुर नगरपालिकाले उपलब्ध गराएको रु १२ लाख वितरण गरिएको अस्पतालका प्राविधिक मुखिया मोहनसिंह साउदले बताए।
प्रदेश सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिए पनि नदिएको उनको भनाइ छ। ‘प्रदेशबाट बजेट नआएपछि नगरपालिका गुहार्यौँ’, उनले भने, ‘नगरपालिकाले दिएको १२ लाख १० दिनमै सकियो।’
साउनमा सुत्केरी भएकालाई अझै भत्ता दिन बाँकी रहेको साउदले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण