डा. केसीकाे जीवनरक्षा माग गर्दै चिकित्सक आन्दोलनमा, आकस्मिकबाहेकका सबै सेवा ठप्प
काठमाडाैं : २४ दिनदेखि अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।
नेपाल चिकित्सक संघको बिहीबारको बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सहमति कार्यान्वयनमा सरकारले लापरवाही गरेको भन्दै आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।
बिहीबार नै संघले निकालेकाे विज्ञप्तिमा सांकेतिक आन्दोलनस्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने उल्लेख छ।
चिकित्सक संघकै आह्वानमा चिकित्सकहरू सोमबारदेखि रिले अनशनमा छन्। चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि बिरामी मारमा परेका छन्।
राष्ट्रिय चिकित्सक संघ नेपाल र नेपाल प्रगतिशील चिकित्सक संघले भने नेपाल चिकित्सक संघको आन्दोलनमा समर्थन नरहेको जनाएको छ।
चिकित्सा शिक्षा विधेयक पारित भएकोमा स्वागत गर्दै राष्ट्रिय चिकित्सक संघ र प्रगतिशील संघले आन्दोलनमा सहभागी नहुने विज्ञप्तिमार्फत जनाएको हो। डा. केसीको जीवन रक्षा गर्ने नाममा अस्पतालमा हडताल गरेर चिकित्सक संघले नागरिक र चिकित्सकबीचको दूरी बढाउने काम गरेको दुई संस्थाको ठहर छ।
याे पनि पढ्नुहाेस्–
शुक्रबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुने




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण