शुक्रबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुने
काठमाडौं: नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै भोलि शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
विज्ञप्तिमा सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।
विहिबार प्रेस विज्ञप्ती जारी गर्दै संघले अनशनको २३ दिन पुग्दा समेत सरकारले डा केसीको जीवन रक्षाका लागि कुनै पहल नगरेको र केसीको जीवनरक्षाका लागि गरिएका कार्यक्रमहरुप्रति बेवास्ता गरेकाे भन्दै भत्सर्ना समेत गरेको छ ।
संघकै आव्हानमा सोमबारदेखि चिकित्सकहरु रिले अनशनमा छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?