Health TV Online
Health TV Online
Health TV Online

मालिका गाउँपालिकामा ‘शून्य होम डेलिभेरी’ अभियान शुरु

मालिका गाउँपालिकामा ‘शून्य होम डेलिभेरी’ अभियान शुरु

गुल्मी : मालिका गाउँपालिकाले गर्भवती महिला र बाल मृत्युदर कम गर्न ‘शून्य होम डेलिभेरी’ अभियान शुरु गरेको छ। यो वर्ष वडा नम्बर ६ अर्जैलाई शून्य होम डेलिभेरी वडा घोषणा गर्ने तयारी भइरहेको छ।

यसका लागि अर्जैका सबै गर्भवती महिलाको घरमा हरियो झण्डा राखिएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए।

यस्तै वडा ३, ४ र ७ लाई आगामी वर्ष ‘शून्य होम डेलिभेरी’ बनाउने बताइएको छ। गाउँपालिकाले प्रसूति गृहमा सुत्केरी  हुनेलाई एक हजार प्रोत्साहन भत्ता दिँदै आएको छ। संघीय सरकारले भने दुई हजार ८०० उपलब्ध गराउँदै आएको छ।

यो आर्थिक वर्षमा हालसम्म मात्रै १३८ जनाले प्रसूति गृहमा बच्चा जन्माएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार