Health TV Online
Health TV Online
Health TV Online

पूर्वयुवराज शाह केही दिन अस्पतालमै रहने

पूर्वयुवराज शाह केही दिन अस्पतालमै रहने

काठमाडौं : पूर्वयुवराज पारस शाहलाई सीसीयूमा राखेर उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त नरहेको थापाथलिस्थित नर्भिक अस्पताल कर्पोरेट कम्युनिकेसनका डीजीएम आरपी मैनालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको थियो। सोमबार दिउँसो एन्जियोप्लास्टीमार्फत मुटुको भल्ब खोल्न सफल भएपछि डाक्टरहरु आशावादी बनेका छन् ।

आफ्ना एक भतिजसँग अपराह्न साढे चार बजे अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो। एन्जियोप्लास्टीपछि आईसीयूबाट सीसीयूमा सारिएको नर्भिकका मिडिया कोअर्डिनेटर आरपी मैनालीले बताए ।

शाहको उपचारमा प्रा.डा. यादवदेव भट्ट लगायत डा. जेपी जैसवाल, डा। नग्माश्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिस्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको अस्पतालले जानकारी दिएको छ। शाहको स्वास्थ्य अवस्थाबारे अस्पतालले लेखेको छ, ‘उहाँको स्वास्थ्य हाल स्थिर रहे पनि उहाँ खतरामुक्त अझै भइसक्नु भएको छैन। उहाँ केही दिन अस्पतालमै रहनुहुनेछ।’

अस्पतालमा पारसको हेरचाह बहिनी प्रेरणा शाहले गरिरहेकी छन्। बुबा पूर्वराजा ज्ञानेन्द्र शाह र आमा कोमल सिमरामा छन्। त्यसैगरी, श्रीमती हिमानी र छोराछोरी थाइल्यान्डमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार