Health TV Online
Health TV Online
Health TV Online

अस्पतालका आकस्मिक सेवासमेत ठप्प पार्ने चिकित्सक संघकाे चेतावनी

अस्पतालका आकस्मिक सेवासमेत ठप्प पार्ने चिकित्सक संघकाे चेतावनी

काठमाडौं : नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको माग पूरा गरी अनशन तोडाउने वातावरण नबने अस्पतालका आकस्मिक सेवासमेत ठप्प पार्ने चेतावनी दिएको छ।

संघले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार भेला गरी डा. केसीका मागप्रति सरकार गम्भीर नबनेको भन्दै आकस्मिक सेवा बन्द गर्ने चेतावनी दिएको हो।

डा. केसीको जीवनरक्षाको माग गर्दै केसीले उनका माग पूरा गर्न संघले आग्रह गरेको छ।

दबाबस्वरूप सोमबारदेखि देशभरका आफ्ना १६ शाखाअगाडि रिले अनशन बस्ने पनि संघले जनाएको छ। यसबाट पनि माग पूरा नभए कठोर आन्दोलन गर्न बाध्य हुने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए।

डा.  केसीको आमरण अनशनको समाधानका लागि सरकारले पहल नगरेको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरअस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसम्बद्ध आवासीय चिकित्सकरूले  शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका  छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार