Health TV Online
Health TV Online
Health TV Online

नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले निःशुल्क शिविर गर्ने

नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले निःशुल्क शिविर गर्ने

ललितपुर : विश्व क्यान्सर दिवसकोअवसर पारेर, नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलले निःशुल्क शिविर गर्ने भएको छ ।

यही माघ १९ गते शनिबार अस्पताल परिसरमा बृहत् स्वास्थ्य जाँच शिविर सञ्चालन गर्न लागेको अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पियाले जानकारी दिए। शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श गरिने डा. पियाले बताए।

शिविरमा क्यान्सर लाग्ने कारण र बच्ने उपायका बारेमा समेत सचेतना कार्यक्रम हुने बताइएको छ। यसका साथै विभिन्न विशिष्टीकृत सेवामा छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाइन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार