शिक्षामन्त्री पोखरेलले डा. केसीलाई भने, अनशन त्याग्नुस्
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले अनशनरत डा.गोविन्द केसीलाई अनशन स्थगन गर्न आग्रह गरेका छन्।
संसद्को गरिमा, पद्धति र संस्कृतिलाई सम्मान गर्दै अनशन फिर्ता लिइदिन मन्त्री पाेखरेलले डा.केसीसँग आग्रह गरे। उनले विधेयक नयाँ ढङ्गले कार्यान्वयनका लागि सहयोग गर्ने वातावरण बनाइदिनसमेत आग्रह गरे।
प्रतिनिधिसभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पनि विधेयक पास गर्न हतार गर्नुपरेको तर्क गरे।
‘डा.केसीको स्वास्थ्यबारे सरकार चिन्तित छ’, उनले भने, ‘विधेयकले डा. केसी र चिकित्सा शिक्षा सुधारका लागि लागेकाहरूले गरेको मागलाई सर्वाधिक समेटेको छ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण