Health TV Online
Health TV Online
Health TV Online

सांसदहरूलाई डा. केसीकाे भिडियो सन्देश

चिकित्सा शिक्षा विधेयकमा भएका माफियामुखी बुँदाहरू हटाउनुस्

सांसदहरूलाई डा. केसीकाे भिडियो सन्देश

काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक जनतामुखी र विद्यार्थीमुखी बनाएर पास गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

शिक्षण अस्पतालको शय्याबाट भिडियो सन्देश दिँदै डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरू हटाउन आग्रह गरेका हुन्। सरकारले आफूसँग यसअघि गरेको सहमति अनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरू थपेर ऐन पारित गर्न सांसदहरुलाई उनले अपिल गरेका छन्।

डा.केसीकाे सन्देशलाई उनका सहयाेगी अभिषेकराज सिंहले ‘ट्वीट’ गरेका छन्।

मंगलबार अपराह्रन ३ बजे बस्ने संसदको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची छ।

यता आफ्ना स्वर्गीय दुई नेताहरूको नाममा रहेका अस्पताललाई स्वीकृति नदिएको र डा. केसीको माग सम्बोधन नभएको भन्दै कांग्रेसले सोमबारको सदनका दवै बैठकमा आवरोध गरेको थियो। यही अवस्थामा विधेयक पारित गरिन खोजिए मंगलबार पनि बैठकमा अवरोध पुर्याउने कांग्रेसको तयारी छ।

हेर्नुहाेस् डा. केसीकाे सन्देश

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार