Health TV Online
Health TV Online
Health TV Online

स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण

स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा साेमबार बसेको औषधि परामर्श परिषद्को १५औँ बैठकमा औषधिको मूल्य निर्धारण, अनुगमन समिति गठन तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको हाे।

बैठकमा औषधि व्यवस्था विभागलाई सुदृढ बनाउने, गुणस्तरीय औषधि उत्पादन तथा आयात व्यवस्थापन गर्ने विषयमा छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अगामी दिनमा औषधिको व्यवस्थापन गर्न मन्त्रालयका पदाधिकारी, औषधि उत्पादक र आयातकर्ताबीच छलफल गर्ने बैठकले निर्णय गरेको छ।

स्वास्थ्यमन्त्री यादवले औषधि ऐनको विनियमावली बनाउँदा औषधिको मूल्य जनताले धान्नसक्ने हुनुपर्नेमा जोड दिँदै औषधिको गुणस्तर र मूल्य सन्तुलनमा ध्यान दिन निर्देशन दिए। उनले औषधि उत्पादकको गुनासोलाई ध्यानमा राखेर स्वदेशी उद्योगलाई संरक्षण गरी गुणस्तरीय र उत्पादन क्षमता वृद्धि गर्दै लैजान तथा आयातलाई थप व्यवस्थित गर्न निर्देशन दिए।

यादवले औषधि व्यवसायीले गुणस्तरीय उत्पादन बढाउन ध्यान दिन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई तलमाथि नगरी अघि बढ्न, अनुमतीपत्र र नवीकरण गर्ने जटिलता हटाइने तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिइने जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार