Health TV Online
Health TV Online
Health TV Online

जडिबुटीको तथ्याङ्क सङ्कलन

जडिबुटीको तथ्याङ्क सङ्कलन

भोजपुर : जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडिबुटीको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ।

भौगोलिक स्थितिका कारण अब खेती गर्न सकिने जडिबुटीको समेत नामावली सङ्कलन गरिएको छ। जिल्लामा चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनवेत, बुढो ओखती, मजिटोलगायत जडीबुटीको व्यावसायिक रुपमा खेती भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यस्तै सेतकचिनी, वनआलु, वनमुला, वनलसुन, विखुम्मा, धसिग्रे, बोजो कुट्की, पदमचालन, सुगन्धवाललगायत खेती भए पनि व्यावसायिक खेतीका लागि कृषकलाई प्रोत्साहन गरिने भएको छ ।

जडीबुटी उत्पादक, सङ्कलक तथा व्यापारीसँग भएको अन्तरक्रियामा जडिबुटीको मूल्य निर्धारण गर्न, जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न र उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिन सम्बद्ध व्यक्तिले माग गरेका छन् किसानबाट आएका सल्लाह सुझावका आधार बनाइ कार्ययोजना बनाएर समाधानमा लाग्ने डिभिजन वन अधिकृत हेमन्तप्रसाद शाहले बताए।

जिल्लाको खावा, तिम्मा, हेलौछा, सिद्धेश्वर, गुप्तेश्वर, लेखर्क किमालुङलगायत स्थानका किसानले जडिबुटी खेती गर्दै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार