Health TV Online
Health TV Online
Health TV Online

आँखा शिविरमा ७८१ जनाले लिए सेवा

आँखा शिविरमा ७८१ जनाले  लिए सेवा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरमा ७८१ जनाले सेवा लिएका छन्।

धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र चन्दले जानकारी दिए। मोतियाबिन्दु भएका सबैको  निःशुल्क शल्यक्रिया गरिने उनले बताए।

शिविरबाट आँखा कम देख्ने ३३० जनालाई निःशुल्क रूपमा चस्मासमेत उपलब्ध गराइएको थियो। शिविर सञ्चालन भएका क्षेत्रका दलित, जनजाति र विपन्न अवस्थाका आँखामा मोतियाबिन्दु भएका बिरामी अस्पतालमा आए शिविरमा फेला परेका मोतियाबिन्दुका बिरामीसँगै निःशुल्क शल्यक्रिया गरिने प्रबन्धक चन्दले जानकारी दिए।

आँखाबाट पानी बग्ने, आँखामा मासु पलाएका र जलबिन्दु भएका बिरामीसमेत शिविरमा फेला परेको उनले बताए। शिविरमा आँखा जँचाउन लागि पुगेका मधुमेह र उच्च रक्तचाप भएका अधिकांशमा आँखाको जटिल समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार