घोराही उपमहानगरमा ‘रेपिड रेस्पोन्स टिम’
घोराही : दाङको घोराही उपमहानगरपालिकाले महामारी रोग तथा प्रकोपजन्य रोग निवारणका लागि तत्काल सुनुवाइ गर्न ‘रेपिड रेस्पोन्स टिम’ नाम दिएर एउटा समिति बनाएको छ।
उपमहानगरको स्वास्थ्य शाखाले जनस्वास्थ्य प्रवर्द्धन समितिका संयोजक खोपीराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय उक्त समिति बनाएको हो । समितिमा स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी, शहरी स्वास्थ्य क्लीनिक, स्वास्थ्य स्वयं सेविका र स्थानीयवासीलाई सहभागी गराइएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीमगरले जानकारी दिए।
उपमहानगरले पहिलो चरणमा नगरस्तरीय समिति बनाए पनि अब त्यो समितिलाई वडा वडामा पुर्याइने छ। जसमा सम्बन्धित वडाध्यक्ष समितिको संयोजक रहने व्यवस्था गरिएको छ। सदस्य सचिवमा स्वास्थ्य संस्था प्रमुख, वडा सदस्य, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाको ‘फोकल पर्सन’ एकजना सदस्यमा रहने व्यवस्था गरिएको छ।
उपमहानगरका प्रमुख नरुलाल चौधरीका अनुसार महामारी तथा विपद् व्यवस्थापनका लागि औषधि उपमहानगरभित्रका नारायणपुर स्वास्थ्यचौकी, सैघा, धर्ना, रामपुर र नयाँबजार स्वास्थ्य केन्द्रमा तयारी अवस्थामा राखिने छ र विपतको समयमा द्रुत गतिमा प्रभावित जनतासमक्ष सेवा पुर्याइने छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’