जाडाेमा स्वस्थ रहन पिउनुस् नियमित ‘लेमन टी’

लेमन टी (कागतीकाे चिया) खाँदा जति स्वादिलाे हुन्छ, स्वास्थ्यका लागि पनि उति नै फाइदाजनक हुन्छ। नियमित लेमन टी सेवन गर्नाले शरीरको तौल घटाउन सहयोग गर्नुका साथै यसले मुटुलाई स्वास्थ्य राख्न पनि सहयोग गर्छ।
नियमित रूपमा लेमन टी सेवन गर्नेको छालालाई फाइदासमेत गर्छ, जसले छालामा हुने विभिन्न खाले संक्रमणबाट जोगाउँछ।
यी हुन् नियमित लेमन टी खाँदा हुने फाइदा–
जाडाेमा नियमित लेमन टी पिउनाले चिसोका कारण हुने संक्रमणबाट जोगाउँछ।
नियमित लेमन टी सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ।
लेमनमा प्रशस्त मात्रामा पोलिफिनल र भिटामिन सी हुने भएकाले शरीरमा रगत नबन्ने समस्या भएकाहरूलाई फाइदा गर्छ।
नियमित लेमन टी खानाले लेमनमा हुने ‘साइट्रिक एसिड’ले प्राचन प्रक्रियामा अप्ठ्यारो भएकाहरूलाई धेरै फाइदा गर्छ।
लेमन टीमा हुने ‘फ्लेवोनोइड्स’ नामक तत्त्वले धमनीमा रक्तसञ्चार राम्रोसँग हुन सहयोग गर्छ। यसले हृदयाघातको जोखिमबाट बचाउँछ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा