Health TV Online
Health TV Online

स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यक : सरोकारवाला

स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यक : सरोकारवाला

हेल्थ टिभी अनलाइन : स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले स्वास्थ्यसँग सम्बन्धित समाचारमा संवेदनशील हुन आवश्यक रहेको औँल्याएका छन्। प्रेस काउन्सिल नेपालले मिडियाप्रतिको जनगुनासो र आचारसंहिता विषयमा गरेको अन्तरक्रियामा बोल्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाले नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउने दायित्व पनि मिडियाकै भएको कारण समाचारका विषयमा संवेदनशील हुन आवश्यक रहेको औंल्याएका हुन् ।

काउन्सिल सभाहलमा बुधबार भएको अन्तरक्रियामा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, विभिन्न अस्पतालका निर्देशक, स्वास्थ्य क्षेत्रका सङ्घरसंस्थाका अध्यक्षरप्रतिनिधि तथा चिकित्सकहरूले उपचार पद्धति, औषधिबारे यथेष्ट जानकारी र अस्पतालभित्रको सुरक्षा संवेदनशीलताका विषय नबुझि सञ्चार माध्यमबाट फैलाइएका विषयले पार्ने नकारात्मक असरबारे सचेत भइदिन मिडिया क्षेत्रलाई आग्रह गरे । प्रेस काउन्सिल नेपालले मिडिया क्षेत्र र मेडिकल क्षेत्रबिच समाचार सम्प्रेषणको विषयलाई लिएर समन्वयकारी भूमिका खेलिदिनुपर्ने उनीहरुको भनाइ थियो । स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीले सञ्चार माध्यमबाट सम्प्रेषण हुने आचारसंहिताप्रतिकूलका समाचारको परीक्षण (स्क्रिनिङ) हुनुपर्नेमा उनीहरुको जोड थियो ।

काउन्सिलका निमित्त अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले कार्यक्रमको औचित्य प्रष्ट पार्दै सहभागीलाई स्वागत गरेका थिए । मिडिया अनुगमनकर्ता प्रकाश शर्माले कार्यक्रको संयोजनरसहजीकरण गरेका थिए । कार्यक्रममा आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा नविसमान सिंह प्रधान, वीर अस्पतालका निर्देशक डा विकास नेपाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनी, पाटन अस्पतालका निर्देशक डा शान्तवीर महर्जन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा अनुप वास्तोला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा सुवासप्रसाद आचार्य, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा निराजन सुवेदी, नेपाल मेडिकल काउन्सिलका सदस्य डा सम्राट पराजुली, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा लोचन कार्की, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका रेडियोलोजिष्ट डा कृष्ण बुढाथोकी, तिलगङ्गा आँखा प्रतिष्ठानका मुकेशकुमार सिंह, अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा सुदन ढकाल, काठमाण्डु मोडल अस्पतालका निर्देशक डा उदय कोइराला, औषधि उत्पादक संघका महासचिव सन्तोष बराल, नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए) का अध्यक्ष ललितमोहन पन्त, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका उपाध्यक्ष प्राडा श्यामकृष्ण जोशी, मेडिकल काउन्सिलका सदस्य डा छवि पन्थी लगायतले धारणा राखेका थिए।

कार्यक्रममा काउन्सिलका सदस्यहरू प्रकाशभक्त माथेमा, उपासना घिमिरे, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, उपप्रशासकीय अधिकृतहरू रहमतुल्ला मियाँ, सविता ढकाल, गीता पराजुली लगायत कर्मचारीको सहभागिता रहेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

पत्रकारका लागि फेलोसिप र तालिमको अवसर

पत्रकारका लागि फेलोसिप र तालिमको अवसर