सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
हेल्थ टिभी अनलाइन : भोटेकोशी बाढीमा परी त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । बाढी आएको १० औं दिनमा सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको हो ।
पटकपटकको प्रयासपछि उद्धार टोलीले सुरुङभित्र फसेका व्यक्तिहरूलाई बाहिर निकाल्न सफल भएको हो । उनीहरूलाई सेनाले घटनास्थलमै प्राथमिक उपचार गरी हेलिकोप्टरबाट काठमाडौं पठाएको छ।
साथै सुरूङमा फसेका अन्यको पनि खोजी भइरहेको छ।
फोटो स्रोत : नेपाली आर्मी
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै