बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
हेल्थ टिभी अनलाइन : बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगहरु हैजा, झाडापखाला तगा किटजन्य रोग डेंगु, औंलो फैलिन सक्ने भन्दै सजगता अपनाउन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
बाढीको पानी, बाढीले छोएको पानी पिउँदा पानीजन्य रोगको जोखिम बढ्न सक्ने बताइएको छ । यो बेला शद्धीकरण गरिएको पानी वा उमालेर मात्र पानी पिउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ । यसैगरी अस्थायी शिशिरमा रहँदा लामखुट्टेको जोखिम बढ्ने हुँदा यो कुरामा पनि सबैले हेक्का राख्नपर्नेमा मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
खाना पकाउने स्थान र शौचालयको दूरी अलि टाढा राख्नपर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिन पर्ने तथा बासी वा बाढीमा परेका रासनको प्रयोग नगर्न पनि भनिएको छ । मन्त्रालयले भनेको छ, एउटा विपद्बाट उम्किंदै गर्दा अर्को रोगको महामारीको विपद् आउन नदिऔं ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान