किष्ट शिक्षण अस्पतालले मनायो सर्भाइभरसँग क्यान्सर दिवस
हेल्थ टिभी अनलाइन : ललितपुरमा रहेको किष्ट शिक्षण अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । बुधबार काठमाडौंमा क्यान्सर सर्भाइभरसँग छलफल गर्दै विश्व क्यान्सर दिवस मनाइएको हो ।
अस्पतालको क्यान्सर विभागले उक्त कार्यक्रममको आयोजना गरेको हो । उक्त कार्यक्रममा क्यान्सर विभागका विभागीय प्रमुख प्राडा विष्णुदत्त पौडेलले क्यान्सर सुरुकै अवस्थामा उपचार गरेमा निको हुने भन्दै यसबाट डराउने भन्दा पनि सजग हुनपर्नेमा जोड दिए ।

उनले क्यान्सर जोकोहीलाई पनि लाग्न सक्ने भन्दै क्यान्सर लागेपछि परिवार, साथीभाई तथा समाजको साथ सहयोग महत्वपूर्ण हुने समेत जिकीर गरे । कार्यक्रममा क्यान्सर उपचार गराइरहेका बिरामी तथा क्यान्सर विजेता, क्यान्सर विशेषज्ञ र अस्पतालका कर्मचारीको उपस्थिती थियो ।
विश्वभर फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य