काठमाडौंमा मधुमेह सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै

हेल्थ टिभी अनलाइन : काठमाडौंमा मधुमेह सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । धन योगा फाउन्डेसनको आयोजनामा आगामी मार्च १ तारिख अर्थात फागुन १७ गते सम्मेलन हुन लागेको हो ।
धनयोगा फाउन्डेसनको आयोजनामा हुने एक दिने उक्त सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यासुच्युसेट अमेरिका, डाइबेटिज एण्ड ईण्डोक्राइनोलोजी एशोसिएसन नेपाल र नेपाल हेल्थ कप्र्सको सहकार्य रहने बताईएको छ ।
मधुमेहको बढ्दो समस्यालाई मध्यनजर गर्दै नेपालमा उक्त सम्मेलन गर्न लागिएको सम्मेलनका साइन्टिफिक कमिटीका चेयर डा प्रज्वल प्याकुरेलले बताए। सम्मेनलमा विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने डा प्याकुरेलले जानकारी दिए। सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ।
सम्मेलनमा अमेरिका र भारत लगायतका देशका अनुसन्धानकर्ता तथा विशेषज्ञ चिकित्सकसहित २ सय बढीको सहभागिता रहने जनाइएको छ ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा