नागरिक अस्पतालमा अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालन
ह्याम्स अस्पतालको व्यवस्थापन आएपछि विशिष्टीकृत सेवाहरु थपिंदै
हेल्थ टिभी अनलाइन : ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक कम्युनिटी टिचिंग हस्पिटल भक्तपुरमा भक्तपुरमै पहिलो नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालनमा आएको छ । आइसीयूको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक समारोहकावीच उदघाटन गरेका छन् ।
कार्यक्रममा ह्याम्स तथा नागरिक कम्युनिटी टिचिंग हस्पिटलका अध्यक्ष रामशरण भण्डारी स्वास्थ्य सेवाको क्षेत्रमा जे मा पनि भक्तपुरमै पहिलो गर्ने योजना रहेको सुनाए । उनले भक्तपुरमै ठूलो भौतिक संरचना, स्वास्थ्य उपकरण अनि दक्ष स्वास्थ्य जनशक्ति भएको अस्पताल बनाउने योजना रहेको सुनाए । यस क्रममा भक्तपुरमै पहिलो हेलिप्याडसहितको नौ तल्ले भव्य भबन बनाउने योजना रहेको समेत जिकीर गरे । सकेसम्म छिटो नै भवन बनाइ सकेर सेवा शुभारम्भ गर्ने योजना रहेको उनले बताए । वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलकै कार्यकालमा भवन निर्माण सम्पन्न गर्ने योजना रहेको उनको भनाई थियो ।
आइसीयूको उदघाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अति विपन्नको नाममा व्यवस्था रहेको १० प्रतिशत निःशुल्क बेडको व्यवस्थालाई कार्यान्वयन गर्न समेत निर्देशन दिए । कुल बेड संख्याको १० प्रतिशत वेड संख्या उपचार गर्न नसक्ने बिरामीका लागि व्यवस्था रहेको जानकारी दिंदै उनले नागरिक अस्पतालले त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नेमा आफू ढुक्क भएको बताए ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर नगरपालिका क्षेत्रभित्रै सुविधासम्पन्न अस्पताल बनेको र अब काठमाडौंसम्म जानुपर्ने अवस्था नरहेको बताए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’