Health TV Online
Health TV Online
Health TV Online

चम्किलो छाला चाहनुहुन्छ ? मोस्चराइजर र सन्स क्रिम लगाउन नछुटाउनुस्

चम्किलो छाला चाहनुहुन्छ ? मोस्चराइजर र सन्स क्रिम लगाउन नछुटाउनुस्

डा धर्मेन्द्र कर्ण, वरिष्ठ छालारोग विशेषज्ञ 

आफनो छाला चम्किलो, कोमल, स्वस्थ तथा आकर्षक भइरहोस भन्ने चाहना त सबैको हुन्छ । तर विविध कारणले सबैको छाला चम्किलो तथा दागरहित नहुन सक्छ । त्यसका लागि आफू स्वयंले नै केही कुराहरु ध्यान दिनुपर्ने हुन्छ ।

कहिलेकाहीं छाला रोगका कारण त कहिलेकाहीं हामी आफनै कारणले छालामा समस्या आउँछ । त्यसैले छालालाई स्वस्थ, चम्किलो, कोमल तथा दागरहित बनाउन चाहनुहुन्छ भने पहिलो कुरा त मोस्चराइजर क्रिम र सन्स क्रिमलाई सधैं आफनै साथमा बोक्नुस । यी दुई छालाका लागि अत्यन्त आवश्यक हुन्छन् । बिहान उठ्ने बित्तिकै सफा पानीले अनुहार धोएर मोस्चराइजर क्रिम लगाउनैपर्छ। यसले छालालाई फुस्रो हुनबाट जोगाउँछ । छाला जति फुस्रो हुन्छ त्यति नै ड्यामेज हुँदै जान्छ ।

मोस्चराइजर क्रिम लगाएपछि चिकित्सकको सल्लाह अनुसार सन्स क्रिम लगाउनुपर्छ । यसरी सन प्रोटेक्सन क्रिम लगाउने भनेको घामको खराब किरणहरुबाट छालालाई जोगाउन हो । घाम सिधै अनुहारको छालामा पर्दा त्यसले बर्न गराएर दागधब्बा तथा चायाँपोतो आउन सक्छ ।

सन्स क्रिम लगाउँदा मजाले अनुहारमा सबै भागमा पुग्ने गरी घाँटीमा समेत लगाउनुपर्छ । यदि बाहिर निस्कनुछ भने कम्तीमा पनि २० मिनेट अघि सन्स क्रिम लगाएको हुनुपर्छ । यसले २० मिनेटपछि मात्र काम गर्न थाल्छ । सन्स क्रिम हरेक ३ \३ घण्टामा लगाउनुपर्छ । कतिपय व्यक्तिले म त घरमै बस्ने हो घाममा निस्केको छैन किन सन्स क्रिम लगाउन पर्यो भन्नुहुन्छ । तर कुरा त्यस्तो होइन । घाममा निस्कन परे पनि वा घरमै बसे पनि सन्स क्रिम ३ \३ घण्टामा लगाउनैपर्छ । सिधै घामले मात्र होइन, घरभित्र छिरेको घामको रामले पनि छालालाई असर गरिरहेको हुन्छ । त्यसैले यहाँनेर बुझ्नुपर्ने कुरा घरबाहिर निस्कनु र ननिस्कनुसँग सन्स क्रिमको कुनै सम्बन्ध छैन् । साँझ सुत्नुअघि अनुहार सफा पानीले सफा गरेर पुन मोस्चराइजर क्रिम लगाउनुपर्छ । साथै छालारोग विशेषज्ञको सल्लाह बमोजिम आफनो छालाको किसिम अनुसारको नाइट क्रिम लगाउन सकिन्छ ।

यति मात्र गर्न सकियो भने पनि धेरै हदसम्म छालामा आउने चायाँपोतो, दागधब्बाबाट बच्न सकिन्छ । अर्को कुरा यदि मेकअप गर्ने हो भने पनि मेकअप अघि अनिवार्य मोस्चराइजर क्रिम लगाउनैपर्छ । यसले अन्य मेकअप क्रिमले छालामा गर्ने सिधै असरबाट जोगाउन मद्दत गर्छ । मेकअप गर्दा सकेसम्म क्रिम बेसभन्दा पनि पाउडर बेसको गरेमा छालालाई कम असर गर्छ । क्रिम बेस मेकअपमा यसलाई पछि सफा गर्दा फेसवास तथा क्लिन्जरको प्रयोग गर्नुपर्ने हुनसक्छ । जति धेरै फेसवास र क्लिन्जर प्रयोग गरिन्छ त्यति नै छाला सेन्सेटिभ हुँदै जान्छ । सेन्सेटिभ छालामा डन्डीफोर, चायाँपोतोको सम्भावना हुन्छ । त्यसैले पाउडर बेसको मेकअपमा पछि यसलाई निकाल्दा धेरै क्रिम प्रयोग गर्न पर्दैन । यसो हुँदा छालालाई पानीले मात्र सफा गर्न सकिन्छ । मेकअप हटाएपछि पनि अनिवार्य रुपमा मोस्चराइजर क्रिम लगाउनैपर्छ ।

त्यसैले अन्तिममा अनुहार सफा, चम्किलो चाहना गर्नेले मोस्चराइजर क्रिम र सन्स क्रिमको महत्व बुझ्नै पर्छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?