बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
आफनो जीववकालमा ढाड दुख्ने समस्या नभएका मानिसहरु कमै होलान । यसको मतलब हामी सबैले आफनो जीवनको कुनै न कुनै समयमा ढाड दुख्ने समस्या भोगेका हुन्छौं । समस्या कसैलाई कम होला कसैलाई बढी यति मात्र फरक हुन्छ । पछिल्लो समय हाम्रो अस्वस्थकर जीवनशैलीका कारण पनि ढाड दुख्ने समस्या बढ्दो छ । जीवनशैलीमा पनि बस्ने, उभिने काम गर्ने तरिका पोस्चर नमिल्दा ढाड दुख्ने समस्या बढिरहेको देखिन्छ ।
धेरै जनाको प्रोफेसनका कारण पनि एकै कुर्सीमा ८ \१० घण्टासम्म बसेर काम गर्नुपर्ने हुन्छ । अफिसमा काम गर्ने जसले टेबल वर्क गर्नुहुन्छ उहाँहरुमा ढाड दुख्ने समस्या एकदमै बढी छ । यसैगरी उभिएर मात्र लामो ड्युटी गर्नेहरुमा पनि ढाड दुख्ने हुन्छ । ढाड दुख्ने धेरै कारणहरुमध्ये मुख्य कारण भने हाम्रो जीवनशैली नै हो । जुनसुकै पेशा, व्यवसायमा भए पनि हामीले थोरै मात्र आफनो ख्याल गरेर सोही अनुसार गर्न सके ढाड दुख्ने समस्याबाट मुक्त हुनसकिन्छ ।
जस्तै: एकै स्थानमा बसेर काम गर्न पर्नेले हरेक आधा घण्टामा कुर्सीबाट उठेर शरीर यताउता गर्ने, आफनो पानी चिया लिन आफै जाने, केही बेर बाहिर टहलिने गरेर पोस्चर परिवर्तन गर्ने गरेमा ढाड दुख्ने समस्याबाट बच्न सकिन्छ । यसैगरी कुर्सी, टेबल तथा कम्प्युटरको लेबल मिलेको छ छैन सो पनि याद गर्नुपर्ने हुन्छ । ढाडलाई सपोर्ट दिनका लागि कुर्सीमा कुसन राख्न सकिन्छ । यसैगरी उभिएर काम गर्नेले पनि केही बेर बस्ने वा केहीको सपोर्ट दिने गर्न जरुरी हुन्छ । अर्को कुरा कुनै पनि सामान उठाउँदा झट्ट निहुरिएर नउठाएको राम्रो ।
हामीले दिनभरमा बस्ने, उभिने र हिंडने काम गछौं यही कुरामा ध्यान दिन जरुरी छ । सही बसाइ पोस्चर मात्र ख्याल गर्न सकियो भने धेरै हदसम्म समस्या हुँदैन । तर पोस्चरमा ध्यान नदिने, शरीरलाई चलायमान नबनाउने, शारीरिक व्यायामहरु गर्न अल्छी गर्दा ढाड दुख्ने समस्या त हुन्छ नै । एकै ठाउँमा बसिरहँदा ब्याकमा धेरै नै स्ट्रेस परिरहेको हुन्छ । यसले मसलमा पनि असर गर्छ र दुखाइ सुरु हुने हो । योसँगै ढाड दुख्ने कारण भनेको अस्वस्थकर खाना पनि हो । यसले प्रत्यक्ष असर नगरे पनि अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ । त्यसैले हड्डी बलियो बनाउने खानाहरु खान जरुरी हुन्छ । बढी गुलियो, बढी चिल्लो, जंकफुड जस्ता खानेकुराले हड्डी कमजोर बनाइरहेको हुन्छ । त्यसैले अन्य स्वास्थ्य राम्रो हुन इम्युन सिस्टम राम्रो हुन जरुरी भए जस्तै ढाड स्वस्थ राख्न पनि हाम्रो इम्युन सिस्टम राम्रो हुन जरुरी हुन्छ ।
यसरी आफैले ढाड दुख्ने समस्या आउन नदिन केही सावधानीहरु लिन सकिन्छ । ढाड दुख्ने समस्याबाट बच्न आफनो शरीरको तौल ठीक अवस्थामा राख्ने,बस्दा, काम गर्दा, उठ्दा ढाडको पोस्चरलाई ख्याल गर्ने र आवश्यक परेमा फिजियोथेरापिस्टको सल्लाह अनुसार एक्सरसाइज गर्न सकिन्छ ।
(महतो स्पार्क हेल्थ होम अस्पतालका कन्सल्टेन्ट फिजियोथेरापिष्ट हुन् ।)




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य