मिर्गौला रोग लाग्न नदिन के गर्ने ? यस्तो छ डा काफ्लेको सुझाव
हेल्थ टिभी अनलाइन : मिर्गौला रोग निम्त्याउने कारणहरुमध्ये मधुमेह, उच्च रक्तचाप, मोटोपन, पेनकिलर औषधिको अत्यधिक प्रयोग सबैभन्दा पहिले आउँछन्। खराब जीवनशैली, अस्वस्थकर खानपान तथा तनाव पनि मिर्गौला बिगार्ने कारणहरूमा पर्छन ।
मिर्गौला रोग लागिसकेपछि ८० प्रतिशभन्दा बढी मिर्गौला खराब भएपछि मात्रै लक्षण देखापर्ने गरेको पाइन्छ । त्यसैले मिर्गौला रोगमा लक्षण देखिएपछि मात्र उपचार गरौंला भन्दा समस्या जटिल भइसकेको हुन्छ । त्यसबेला कि त जीवनभर डायलाइसिस वा मिर्गौला प्रत्यारोपण बाहेकको विकल्प नहुन सक्छ । त्यसैले मिर्गौलामा समस्या आउनै नदिन र आइहालेमा सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गर्न केही उपायहरु हरेक व्यक्तिले अपनाउन सक्छन। ती उपायहरु यसप्रकार छन् ।
मिर्गौला बिग्रन नदिन के गर्ने त ?
-हरेक व्यक्तिले दिनको सुरुवात एक गिलास सफा पानी पिएर गर्ने ।
-दिनभरमा कम्तीमा पनि २ देखि ३ लिटरसम्म पिसाब हुने गरी पानी पिउने ।
-हरेक दिन १० हजार पाइला हिंडने ।
-समयमा सुत्ने र समयमै उठ्ने सकेसम्म राती नै सुत्ने ।
-बढी चिल्लो, बढी गुलियो तथा बढी नुनिलो खानेकुरा नखाने ।
-बढी तौल छ भने त्यसलाई घटाउने ।
-मधुमेह तथा उच्च रक्तचाप छ भने नियन्त्रणमा राख्ने ।
-हरियो सागसब्जी, फलफूल हरेक खानामा समावेश गर्ने ।
-धुम्रपान तथा मद्यपानको सेवन नगर्ने ।
-जथाभावी पेनकिलर औषधिको प्रयोग नगर्ने ।
-केही लक्षण नदेखिए पनि कम्तीमा वर्षमा एक पटक मिर्गौला ठीक छ छैन् भनेर परीक्षण गर्ने ।
यदि हरेक व्यक्तिले यी उपाय अपनाउने हो भने धेरै हदसम्म मिर्गौला रोग लाग्नबाट जोगिन त सकिन्छ नै रोग लागेको भए पनि सुरुवात चरणमै पत्ता लाग्छ र उपचार गरेर निको हुन सकिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य